Section 24
डजाजतपत्र नलिई बीमा व्यवसाय गर्न वा गराउन नहुने
(१) यस ऐन बमोजिम इजाजतपत्र नलिई कसैले पनि बीमा, पुनर्बीमा, बीमा कोष जस्ता जुनसुकै शब्द प्रयोग गरी वा नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बीमा व्यवसाय सम्बन्धी कुनै पनि कारोबार, व्यवसाय, उच्चोग वा व्यापार गर्न वा गराउन हहुँदैन।

(२) उपदफा (१) विपरीत हुने गरी कसैले पनि बीमा व्यवसाय सम्बन्धी कारोबार, व्यवसाय, व्यापार वा उद्योग गर्ने वा अन्य कुनै प्रयोजनका लागि आफ्नो कम्पनी, फर्म वा संस्थाको नाममा बीमा, पुनर्बीमा, बीमाकोष जस्ता शब्दहरू प्रयोग गर्नु हुँदैन।

(३) कसैले पनि यस ऐन बमोजिम इजाजतपत्रप्राप्त बीमक बाहेक अन्य कुनै कम्पनी, फर्म वा संस्थासँग बीमा सम्बन्धी कारोबार वा बीमा व्यवसाय गर्न वा गराउन हुँदैन।